त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा एक्चुरियल साईन्स विषयको भर्ना खुलाएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान गणित स्कुलले माघ १२ गतेदेखि एक्चुरियल साईन्स विषयको भर्ना खुलाएको हो ।
विश्वमै आपुर्ति भन्दा माग धेरै भएको विषयको रुपमा कहलिएको एक्चुअरियल साईन्स विषयको पठन/पाठन नेपालमा हुदै आएको छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनिति वनाउने विशेषज्ञ नै एक्चुरी हो । वित्तिय क्षेत्रमा जीवन विमा, निर्जिवन विमा, वैङ्क, संचयकोष, नागरीक लगानीकोष र सामाजीक सुरक्षाकोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा यसको प्रयोग हुन्छ । नेपालमा दक्ष जनशक्ति नहुदा अहिलेसम्म नेपाली बीमा कम्पनीहरुले एक्चुरी रिपोर्टको लागि विदेशीको मुख ताक्नुपर्ने वाध्यात्मक परिस्थिति छ । यसरी विदेशिको भर पर्दा एकातिर समयमा एक्चुरी रिपोर्ट तयार गर्न नसकि विमा कम्पनीहरुले वार्षिक साधारण सभा समयमा गर्न नसक्दा संस्थाको शुसाशनमै प्रश्न उठिरहेको र अर्कोतिर करोडौ रुपँैया वाहिरीएकोमा नेपालमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि गणित विज्ञान स्कूलले स्नातक तहको एक्चुअरीयल साइन्स विषयमा पठन÷पाठन शुरु गरेको छ ।
कक्षा १२ वा सो सरहको परीक्षा उत्तिर्ण गरीसकेपछी के पढ्ने भनेर अलमलिएका विद्यार्थीहरुका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुनसक्छ । यो विषय पढ्नको लागि जुनसुकै संकायवाट कक्षा ११÷१२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको ःम्याथम्याटिक्स वा बिजनेस म्याथम्याटिक्स विषय लिएर कम्तिमा द्वितिय श्रेणि वा ग्रेडीङ्ग सिस्टममा हरेक विषयमा ऋ ल्याएको हुनुपर्ने छ । यो योग्यता पुगेका विद्यार्थीहरुले २०७७ फागुन ०२ गते आईतवार सम्म गणित विज्ञान स्कूल बल्खुमा गई फारम भरेर स्कूलवाट संचालन गरीने प्रवेश परीक्षामा सामेल भई मेरिट लिस्टका आधारमा छत्तिस जनाले भर्ना हुन पाउनेछन् ।
त्रि.वि. नियमानुसार कुल कोटाको १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने स्कूलको नीति अनुरुप शुरुमा प्रवेश परीक्षामा उच्चतम अंक ल्याउने एकजना विद्यार्थीलाई एक सेमेष्टर र वाँकी रहेका सिटमा सरकारी वा सामुदायिक स्कूल वाट अध्ययन गरेको विद्यार्थीहरुलाई सो सेमेष्टर वाहेक अन्य सेमेष्टरमा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले लिएको जाँचको नतिजाको आधारमा छात्रवृत्ति वितरण गर्ने प्रावधान रहेको छ ।
प्रोफेशनल कोर्षको जाँचमा १७ जना विद्यार्थीहरु उत्तिर्ण भएका मध्ये ३ जनाले ४ विषय, ६ जनाले २ विषय र ८ जनाले १ विषयमा सफलता प्राप्त गरेका छन् ।