काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) १ करोड ४५ लाख बढी सेयर सूचीकृत भएको छ।
आज नेप्सेमा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको ८ प्रतिशत बोनस सेयर अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर र नेपाल बैंकको अघिल्लो वर्षको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर गरी कुल १ करोड ४५ लाख २४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत भएको हो।