सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने प्रणालीको सरुवात

2021-02-25
सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने प्रणालीको सरुवात

काठमाण्डौ । सञ्चय कोषमा जम्मा भएको रकमबारे सञ्चयकर्ताले अबदेखि तत्काल नै जानकारी पाउने भएका छन्। यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रुपमा नयाँ विद्युतिय सरकारी लेखा प्रणालीको सुरुवात गरेका छन्। प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्। 

यो प्रणाली अन्तर्गत सञ्चयकर्ताहरुले रकम जम्मा भएको जानकारी वास्तविक समयमा नै पाउने छन्। 

यो प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरुमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङकन हुनेछ। यो प्रणालीबाट सञ्चय कोष, निवृत्तिभरण, कोष तथा कर्मचारी सञ्चय कोष , सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सकिनेछ। 

 


Share this with your friends: