साल्ट ट्रेडिङको ३५%लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-29
साल्ट ट्रेडिङको ३५%लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले यसअघि आ.व २०७५/७६ का लागि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ ।  
कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै
कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीद्वारा प्रस्तावित लाभांस मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत आयोजना हुने वार्षिक साधारण सभाबाट पारित हुनेछ । 

 


Share this with your friends: