सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

2021-08-29
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । 

सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले आर्थिक वर्ष २०७७र७८ का लागि घोषणा गरेको ३० प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

फन्डले उक्त लाभांस बुक क्लोज हुँदाका बखत आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक गराएका इकाइधनीहरुको बैंक खातामा भदौ ९ गतेदेखि जम्मा गरिएको हो । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरिएको छ । 


Share this with your friends: