सिभिल लघुवित्तद्वारा कार्यालय प्रमुखलाई क्षमता अभिवृद्धि तालिम प्रदान

2021-11-24
सिभिल लघुवित्तद्वारा कार्यालय प्रमुखलाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यालय प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नका लागि धितो पहिचान तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ।

यही मंसिर २ देखि ५ गतेसम्म चितवन प्याराडाइज होटल, सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत करिब १०० जनाको सहभागिता रहेको थियो। तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको उत्साहजनक प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवादसहित बधाइ दिँदै आगामी दिनमा समेत उच्च मनोबलका साथ आफ्नो कार्यसम्पादन गर्न निर्देशन दिए। 

ज्ञटद्दढठडघज्ञद्धडद्दछण्हद्दछण्द्यष्शकजबबि।नषज्ञटघठज्ञछण्द्दण्छद्दछण्(ह(द्दछण्।नषज्ञटघठद्धडद्धण्डघद्दछण्हद्दछण्।नष
नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुबीच तीव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय सञ्चालन र विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिका लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए। 

तालिम समापन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सचिनजंग रायमाझी तथा सञ्चालकहरुले सहभागीहरुसँग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुका बारेमा जानकारी लिई सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए। यसका साथै अध्यक्ष रायमाझीले आर्थिक वर्ष २०७७÷७८ मा उत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई प्रसंशापत्र वितरण गरेका थिए भने वित्तीय संस्थाले छोटो समयमा हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नति र प्रगतिका लागि दत्तचित्त भएर कार्य गर्न शुभकामना गरे। 

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाको हालसम्म ७४ शाखा कार्यालयमार्फत ५८ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु। ७५ करोड बचत संकलन गरी रु। ३ अर्ब ३२ करोडभन्दा बढी लगानी रहेको छ।


Share this with your friends: