हिमालयन बैंकद्वारा अस्पताललाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान

2021-11-16
हिमालयन बैंकद्वारा अस्पताललाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान

काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले भक्तपुर उपमहानगरपालिका भीमसेनस्थानस्थित ‘सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ। 

बैंकले सहयोगस्वरुप उक्त अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब  प्रदान गरेको छ। 

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपीन हाडाले उक्त सहयोग सामग्रीहरु     प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका थिए। 


Share this with your friends: